सिन्धुली जिल्लाका नौ स्थानीय तहमध्ये एक हो तीनपाटन गाउँपालिका। यस गाउँपालिकाको केन्द्र लाम्पानटार तोकिएको छ। परापूर्वकालमा तीनपाटन भन्नाले उपत्यकाभित्र रहेका वेलघारी, भीमस्थान र जरायोटार गाविसको भूभाग परिचित थियो। राणा प्रधानमन्त्रीका आफन्तकी छोरीलाई दाइजो दिँदा त्यसबखत पाटनजतिकै क्षेत्रफल भएको यी तीनवटा गाविस बराबर छ भनी भनेको हुँदा तीनपाटन नाम रहन गएको भनाइ छ। किम्बदन्तीअनुसार साबिकका भीमस्थान गाविस ९ मा पाटादेवीको मन्दिर स्थापना भएको हुँदा तीनपाटन नामकरण रहन गएको हो।
सिन्धुलीको ५० वटा गाविसमध्ये साबिकका बेलघारी, भीमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, आम्बोटे र लाम्पानटार गाविसलाई समायोजन गरी तीनपाटन गाउँपालिका बनाइएको हो। यसमा साबिकका आठ गाविसमध्ये भीमस्थान, जरायोटार र लाम्पानटार गाविस मिलाएर ११ वटा वडा बनाइएको छ। ६ हजार ८७९ घरधुरी रहेको यस गाउँपालिकाको जनसंख्या ३६ हजार ४०५ छ। धान उत्पादनका हिसाबले जिल्लाकै अग्रस्थानमा रहेको तीनपाटन गाउँपालिकामा प्रशस्तै फाँटहरू छन्।
Good tourist destination.