नेपाल कृषि पर्धान देश र लगभग ८० प्रतिशत नेपाली जनता आफ्नो दैनिक जिविकोपार्जनको लागि कृषिमा आधारित भएतापनि नेपालले कृषि क्षेत्रमा उल्ेखनिय फट्को मार्न नसकेको तितो यथार्थलाई मनन गरी उन्नत बहुउद्धेश्यीय कृषि फर्म एण्ड रिसर्च सेन्टर वि सं. २०६९ (सन२०१२) मा स्थापना गरिएको हो । विषेश गरी उन्नत जातका बाख्रा पालन गरी मासुको लागि खसी, बोकाको बिक्रि बितरण गर्ने तथा अन्य समुदायमा पनि बाख्रा पालन प्रति उत्प्रेरणा जगाई विभिन्न जातका उन्नत माउ बाख्रा तथा उन्नत जातका बोकाबाट नेपालको हावापानी सुहाउँदो उन्नत जातका पाठा पाठी उत्पादन गरी देशका विभिन्न भागमा बेचबिखन गरी व्यवसायिक बाख्रापालनको माध्यमबाट मुलुकलाई खसी बोकाको मासुमा आत्मनिर्भर गर्दै लैजाने केहि हद सम्म प्रयासको थालनी गर्ने मुख्य उद्धेश्यका साथ उन्नत बहुउद्धेश्यीय कृषि फर्म एण्ड रिसर्च सेन्टरको स्थापना गरिएको हो ।