अन्नकुट महोत्सवमा ५६ परिकारको भोग
Beautiful architecture. Holy place for Hindus, but all are welcome. You even get free food everyday. Don't forget to watch sismahal (glass temple)
जय श्रीमन्नारायण!
हेटौंडा पञ्चनारायण क्षेत्र हो। हेटौंडाको बिच भाग हुँदै बगेकि कमलानदि (लोकभाषा-कर्रा)का उत्तरी तटमा ४ नारायण र दक्षिणी तटमा एक्लो श्रीवरदराज भगवान गरि ५ नारायणविराजमान हुनुहुन्छ। एक दिवसमा ५ नै मन्दिरको दिव्यदर्शन पाउनु भक्तजनहरूका लागि सौभाग्यको कुरा हो। पञ्चनारायणक्षेत्र दर्शनको पूर्ण परिक्रमामा लगभग ३२ कि.मी. यात्रा गर्नुपर्ने हुन्छ।
क)श्रीरंगजी-श्रीनिवासजी- ३.७ कि.मि.
ख)श्रीनिवासजी-श्रीवेङ्कटेश्वरजी- ३.७ कि.मि.
ग)श्रीवेङ्कटेश्वरजी-श्रीवरदराजजी- लगभग २ कि.मि.
घ)श्रीवरदराजजी-श्रीवंशगोपाल-लगभग ८.६कि.मि.
ङ)श्रीवंशगोपाल-श्रीरंगजी- लगभग १४ कि.मि. गरि कूल ३२ कि.मि. पूर्ण परिक्रमामा पर्न जान्छ।
तलस्थित देवस्थानहरूको यात्रा श्रीगोदारङ्गमन्नार भगवान(रङ्गपथ) बाट शुरू भई श्रीनिवास भगवान(न्युरेनी), वेङ्कटेश्वर भगवान(गोविन्दपूर) हुँदै श्रीवरदराज भगवान, लक्ष्मीपूरमा पुगेर समाप्त हुन गर्दछ।
यी देवस्थानहरूको विहान ६ बजे देखी १० बजे सम्ममा दर्शन प्राप्त गर्न सकिन्छ।१०बजे उप्रान्त बेलुका ४ बजे बाट पुनः शायङ्काल दर्शन प्राप्त हुनेछ।
मकवानपुर जिल्लाकै सबैभन्दा प्राचिन/ऐतिहासिक मन्दिर श्रीवंशीगोपाल/वंसगोपाल हो जुन माथि वर्णीत मन्दिरहरू भन्दा अलग पहाडी टाकुरा/किल्लामा अवस्थित छ जुन ठाऊँलाई मकवानपुरगढी भनिन्छ। माथी दर्शनको खासै निश्चित समय छैन तथापि बिहान जानु उपयुक्त हुनेछ।
पञ्चनारायणहरूमा श्रीवरदराज भगवान, लक्ष्मीपुर र श्रीवेङ्कटेश्वर भगवान,गोविन्दपुर पूर्वाभिमुख हुनुहुहुन्छ। त्यस्तै श्रीरङ्गमन्नार भगवान दक्षिणाभिमुख हुनुहुन्छ भने श्रीनिवास भगवान,न्युरेनी पश्चिमाभिमुख हुनुहुन्छ र श्रीवंशगोपाल भगवान, गढी उत्तराभिमुख (पहिलाको) हुनुहुन्छ। यसरी पञ्चनारायणले चारै दिशा तर्फ दर्शन दिइरहनु भएको छ।