हाम्रो बारे
२१ औं शताब्दीको विश्व सूचना तथा सञ्चार प्रविधिमा निर्भर भइरहेको सन्दर्भमा सञ्चार माध्यामलाई प्रभावकारी रुपमा अत्याधुनिक तरिकाले सञ्चालनमा ल्याउनु सान्दर्भिक देखिएकाले समय परिवेश उपयुक्त यो नुम्बुर खबर डटकम पत्रिका सञ्चालनमा ल्याइएको हो । यस अनलाइनमार्फत ग्रामिण विकासलाई अग्रगति प्रदान गर्न जनतालाई सुसूचित गर्दै सही सुचना समयमा उपलब्ध गराउन सदैव प्रयासरत रहेर पत्रकारितालाई मर्या्दित बनाउने जमर्काे गरिने छ । सञ्चार माध्यम र सुचनासँग सम्बन्धित सम्पूर्ण कामहरू गर्दै आएको यस न’म्ब’र खबर डटकम अनलाईन’ श्री रातोतारा य’वा क्लब द्धारा सञ्चालित सञ्चार क्षेत्रमा क्रियाशील रहदै आएको एकमात्र सामुदायिक र विशुद्ध सञ्चार माध्यम हो । यसअघि विभिन्न मिडिय माध्यममार्फत सञ्चार क्षेत्रमा काम गरिरहेको पत्रकारहरु हाल यस नुम्बुर खबर अनलाईन पत्रिकामा विस्तार भई काम गर्ने व्यवसायीक पत्रकारहरुको धर्म निर्वाह गर्ने र जनतालाई स्वच्छ सुचना सुसुचित गर्ने मिडियाको रुपमा स्थापित भएको छ । विगत लामो समयदेखि विशेषगरी सुचनासँग सम्वन्धित सम्पुर्ण कामहरु गर्दै आएको पत्रकारहरु अब यस नुम्बुर खबर डटकम अनलाइनमा संगठित भएर नेपालीहरुको तेस्रो आँखाको रुपमा अगाडी वढाउने हाम्रो लक्ष्य छ । नागरिकको सूचनाको तिर्खा मेट्न ग्रामिण तहका कुना र काप्चामा वस्ने सोझा सिधा नागरिकहरुलाई पनि सुचना सुसुचित गर्ने र प्रविधि मार्फत देश विदेशमा रहेका सम्पुर्ण स्वदेश तथा विदेशीहरुलाई समेत सुचनाको पहुँचभित्र राख्ने हाम्रो पहिलो काम हुनेछ । बदलिदै गएको समयलाई मध्यनजर गर्दै स्थापित यस नुम्बुर खबर अनलाईन प्रविधिको एक पर्यायको रुपमा लिएका छौँ । हाम्रो कलम सधैभरी नागरिकलाई वास्तविक सुचना सम्प्रेषण गर्नेमा केन्द्रित हुनेछ । राष्टियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रका लागि डिजिटल पत्रिका न’म्ब’र खबर डटकमले कसैसँग सम्झौता गर्ने छैन । तपाई पाठकहरुको सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौँ । धन्यवा .
No reviews yet. Be the first to add a review.