• Delete
  • Edit
local government office

Sundar Haraicha Municipality Office

Haraicha 56600

About

Sundar Haraicha Municipality Office is a local government office, located at Haraicha 56600, Nepal. They can be contacted via phone at +977 21-545822, visit their website lgcdp.gov.np for more detailed information.

Location :
Haraicha 56600
Added by Jopie, at 12 March 2018

Opening Hours

  • Monday 10:00 AM – 4:00 PM
  • Tuesday 10:00 AM – 4:00 PM
  • Wednesday 10:00 AM – 4:00 PM
  • Thursday 10:00 AM – 4:00 PM
  • Friday 10:00 AM – 4:00 PM
  • Saturday Closed
  • Sunday 10:00 AM – 4:00 PM

Gallery

Add missing information

Add email
Add business description
Add Social Media
Add Products and Services

1 Reviews

  • Niraj Neupane
    19 March 2018

    मोरङ जिल्काको सदरमुकाम विराटनगर देखि करिब १९ किलोमिटरको दुरीमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केरावारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका सँग सिमाना जोडिएको छ । मिति २०७३ साल फाल्गुण २७ गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको गठन भएको हो । कुनै बेला हरैँचा मोरङ जिल्लाको सदरमुकाम समेत रहेको भन्ने विश्वास गरिएकोमा हाल आएर सुन्दरदुलारी नगरपालिका र कोसीँहरैँचा नगरपालिकाको सुखद समायोजनबाट सुन्दरहरैँचा नगरपालिकाको निर्माण भएको हो । मोरङ जिल्लामा नयाँ गठन भएका नगरपलिकाहरुमा धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा सुन्दरहरैँचा नगरपालिका त छदैँछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । यस नगरपालिकामा १२ वटा वडाहरु रहेका छन् । अर्धसहरी क्षेत्रको रुपमा रहेको सुन्दरहरैँचा ब्यापार, उधोग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारीक आम्दानीमा वैदेशिक रोजगारीको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा व्यापार, कृषि तथा पशुपालन रहेको छ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्याधिक बणिरहेको छ । नगरपिलका भित्र रमणीय हसिना सिमसार, बुढिगंगाको किनारमा रहेके नयाँ वृन्द्रावन गौशाला, किचमगढी, बाधझोडा लगायत विभिन्न धार्मिक स्थल तथा अवलेकन ग्रन लायक कृषि पशुपालन क्षेत्रले सबैलार्इ मनमोहक तुल्याउन सक्ने देखिन्छ । यस नगरक्षेत्र भएर बग्ने बुढीगंगा नदी र गछिया खोलाले यस नगरपालिकाको सिचार्इ र आम्दानीको स्रोतवृद्धिका लागि सहयोग पुर्याएका छन् । यस नगरपालिकाको मध्यभागमा पर्ने विश्वविधालय क्षेत्र लगायतका स्थानहरु उतिकै रुपमा विकसित बजारमा परिणत हुदैँ गएका छन् । विकासका प्रशस्त सम्भावनाहरु बोकेको यस नगरपालिका आफुलार्इ पूर्ण खोप युक्त नगरपालिकाको रुपमा घोषणा गर्न सफल भएको र खुल्ला दिशामुक्त नगरपालिका घोषणा हने अन्तिम चरणमा पुगेको साथै वातावरण मैत्री, बालमैत्री र पूर्ण साक्षर नगरपालिका हुने गन्तब्यतर्फ अघि बढिरहेको छ । यस नगरपालिकामा आधारभूत देखि उच्च शिक्षा सम्म प्रदान गर्ने शैक्षिक संस्था उल्लेख्य मात्रामा रहेका छन् । अध्ययनका लागि यस नगरपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका तथा नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् । यस नगरपालिकाका बासिन्दालाइ माग बमोजिमको खानेपानी उपलब्ध गराउन सकिरहेको अवस्था छैन । स्थानीय तहको रुपमा कार्यारत यस नगरपालिकाले नगरवासिहरुमा आफ्ना सेवाहरु सर्वसुलभ र छिटो छरितो रुपमा उपलब्ध गराउनुका साथै स्वच्छ र सफा खानेपानिको सुविधा उपलब्ध गराउने, प्रत्येक वडाहरुबाट बजार आउन जान यातायात चल्न सक्ने किसिमले कच्चि सडकहरुलार्इ क्रमश ग्राभेल, कालोपत्रे गर्ने । महिला, जनजाती तथा पिछडिएका वर्ग र समुदायहरुमा सामाजिक सेवा उपलब्ध गराउन पूर्वधारहरुको स्थापना गराउन सहयोग गर्ने, उन्नत कृषि प्रणाली, सामुदायिक वन उपभोक्ता समितिलाइ कृर्याशिल पार्ने तथा सो सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रमहरु संचालन गर्ने गराउने, वृक्षारोपण गर्ने गराउने तथा वातावरणिय सन्तुलन कायम राख्ने कार्यमा सहयोग पुर्याउने, सुव्यवस्थित बसोवासको व्यवस्था तथा सहरी सरसफाइ, ल्याणफिल्ड साइट, पशुबधशाला, व्यवस्थित बसपार्क तथा पूर्वाधार सिर्जना गर्दै जाने । यहाँका सचेत नागरिक, नगरपालिकाको उज्वल भविष्यप्रति एक हुने राजनैतिक दल , उत्साहित करदाता अनि उत्प्रेरीत अनि लगनशील कर्मचारीहरुनै यस नगरपालिकाको परिचयलार्इ स्थापित गराउने मूल आधार हुन भन्दा अतियुक्ति नहोला ।

    response / report this review

Rate & Write Reviews