हाडीगाँउ टुँडालदेवी JATRA – भाटभटेनी जात्रा चैत्र शुक्ल त्रयोदशीको दिन हाँडीगाँउ डबली अगाडी खाल्टो खनेर महादेवको लिंग माथि चोयाले बुनेको टोकरी जस्तोलाई दायाँ बायाँ नोल माझमा करीब दुई पाथी चामलको भातलाई अनेक थरी फूलले सिँगारेर सो खाल्टो माथि राखिन्छ । यसपछि फ्याकु दूँछेका महर्जनहरूले दिउँसो १२ बजेको समयमा यहाँ पूजा गर्दछन् जस बेला कसाईहरूले नायाखिं बाजा बजाउँछन् । उक्त पूजा सकिएपछि भातलाई फ्याक छेंका दुई जना महर्जनले बोकेर निम्ता दिन ढुंगेधारा नारायणस्थानको बाटो हुँदै मालिगाउँको चार नारायण, मालिगाँउ, मनमानेश्वरी, नक्साल भगवती बहाल, चारढुंगे, गैरीधारा, भाटभटेनी, बालुवाटार, टुँडालदेवी, विशालनगर भएर खहरे खोला, पञ्चेधाराको बाटो भई च्यागुठी (म्येस्या गाः) को राँगो काट्ने बाटो हुँदै सत्यनारायणको ढुंगेधारामा खरीको रुखमा आउँछन् । यो भात बोक्नेले शिवालय, देवालय, मन्दिर र चौबाटोहरूमा भात छर्ने काम गर्दछन् र विजयाको निम्ता दिन्छन् । भात छर्ने अर्को थरीले करीब १ पाथी चामलको भात डबली नजीकैको भैरवस्थान पूजा गरी डबलीदेखि कोटालटोल भगवती स्थान, लामो ढुंगा हुँदै भीमसेनस्थान, कृष्णमन्दिर र दथुटोल भै ढुंगेधारामा पुग्दछन् । यति स्थानकाृ परिक्रमा गर्दा बाटामा पर्ने शिवालय, देवालय र चौबाटोमा भात छदै हाँडीगाँउभित्रका देवी देवताहरूलाई दुई जनाले हाँडीगाँउ बाहिरका देवी देवतालाई आजको १५ दिनभित्र हाँडीगाँउमा टुँडालदेवीको रथयात्राको निमन्त्रणा गरेको भन्ने विश्वार गरिन्छ । यसरी उक्त दुवै भात छर्नेहरू भात छरेर फर्केपछि ढुंगेधारामा हात मुख धोएर डबली आइपुग्न उकालो लाग्दा कसाईहरूले मुर्दा बाजा बजाउँछन् । त्यसपछि डबलीनिरको भैरवस्थानमा पूजा गरी समयबजी खाएर नायिखिं बजाएर फ्याकदूँछे पुगी भोज खाने गरिन्छ । खाल्टो खनेर शिवलिंग झिक्ने पहिलेको चलन भए पनि हाल सडकमा पीच गरेको कारण खाल्डो नखनी पीचमाथि नै पूजाको विधि पु¥याउने गरिन्छ । चैत शुक्ल सप्तमी – अष्टमीको मध्यरातमा कसाईहरूले नायखिं बाजा बजाएर डबली, कोटालटोल, न्याल्मा टोल, भीमसेनस्थान, कृष्ण मन्दिर, दथुटोलमा उर्दी सुनाउँछ्न् । परम्परा अनुसार सो उर्दीमा हाँडीगाँउका बासिन्दा कुनै बुहारीले रात बस्ने गरी माइत जान हुँदैन, देशी जुत्ता लगाउन पाइदैन र साहूले असामीलाई पक्रिन पाउँदैन । उक्त बाजा बजाई उर्दी दिने काम सिद्धिएपछि थटूटोका डंगोलको घरमा मध्यान्ह राति आइपुगी भोज खाएर नायखिं बाजा बजाएर कसाईहरू आफ्ना घर फर्किने चलन थियो । विं.सं. २०४८ साल देखि सो नायखिं बाजा बजाउने चलन बन्द भएकोमा फेरी शुरू गरिएको छ । चैत शुक्ल अष्टमीको दिन डबली र भूतेश्वर कृष्ण मन्दिर अगाडि लिंगो गाडिन्छ र नागपूजा गरिन्छ । देशभरिका नाग नागिनीहरुलाई जात्राको निम्ता दिनलाई यस्तो लिंगो ठड्याउनु परेको विश्वास गरिन्छ । लिंगोको टूटफूट भाँचिएमा नालाबाट विधिपूर्वक, ल्याइने चलन छ । नालामा ४ दिन अगाडि गएर बोकालाई जंगलमा लगेर बाँधेर छोडिदिनु पर्दछ सो बोकाले रूखलाई हानेपछि रूख स्वीकृति भएको खण्डमा रूखले कराउँछ भन्ने कथन छ । चैत शुक्ल एकादशीको दिन टुँडालदेवी र देवीका वरिपरि रहेका देवी देवताहरुलाई पुजारीले तेल लगाई दिने काम गर्दछन् । चैत शुक्ल त्रयोदखीको दिन बेलुका अन्दाजी ९ – १० बजेको समयमा टुँडालदेवीलाई पुजारी कर्माचार्यले पूजा गर्दछन् । यसरी पूजा गर्दा त्यस मन्दिरमा द्यला (पोडे) ले मन्दिरभित्र बसेर नायखिं बाजा बजाउँछ । सो पूजा सिद्धिएपछि राँगोलाई पूजा गरी कसाईद्वारा राँगोबलि दिइन्छ । त्यस बलिको रगत द्यलालाई, मुण्डन गरी जहाई खुवाइन्छ र उसलाई टाउकाृका सिम्रिक दलि दिन्छ, द्यला विधि पूर्वक नियममा बस्त्र पर्दछ । देवीको शिरैमा द्यला बस्नु पर्ने परम्परा छ । उक्त काटिएको राँगाको टाउको र राति मध्यान्हमा दुई जनाले बाँकी नायखिं बाजामा (सी बाजा बोलि) बजाउँदै हाँडीगाँउ दुवाननि हुँदै तुन्छे चोकमा ल्याइन्छ र पुजारी कर्माचार्यले ल्याएको पूजा सामानले कसाईद्वारा सो राँगाको टाउको पूजा राखिन्छ । चैत शुक्ल चतुर्दशीको दिन भाटभटेनी देवतालाई मन्दिर बाहिरको पाटीमा ल्याएर राखि चित्रकारहरूद्वारा देवताको रंग रोगन गरिन्छ । त्यस दिन साँझपख ७ बजेतिर क्वाँ मर्हजनहरूले धूपदिप बालेर भाटभटेनीलाई कोल्टे पारेर बोकेर टुकुचा खोलाको बाटो हुँदै टुँडालदेवी मन्दिर पु¥याएर अगाडी तर्फको पाटीका झुण्ड्याई राखिन्छ । मुर्ति ठाडो पारेर लगेका केही अनिष्ट हुने विश्वास रहेको छ । त्यसै दिन हाँडीगाँउ डबली जालुखेलमा करीब ३ मुरी चामलको भात पकाउन नक्साल भगवती र मनमानेश्वरीको पुजारी (कर्मचारी) हरू लाई चुलो बनाउँछन् । कर्माचार्यहरुले सो ३ मुरी चामल र पूजा सामान डंगोलहरुलाई बोकाई ल्याउँछन् । नक्सालबाट आउने डंगोल, कर्माचार्यहरूले सो ३ मुरी भात पकाई सकेपछि समय्बजि खाने गरिन्छ । उक्त दिन हाँडीगाँउ डबलीमा साँझमा ३ मुरीको भात मुछ्न ६४ जना मानिस र देवीदेवता बनाउन १२ जना प्रजापति (कुम्हाः) नाइकेहरू जम्मा हुन्छन् । नाइकेहरू जम्मा हुन्छन् । ती नाइकेहरूले नायः, नकिं, सिंह, मुजुर, भाला, पाँच औंला समेत हात, तीन औंला, त्रिशुल, ज्वलन्हायकं, बाराई, गजुरहरू गरी १२ देवता बनाउँछन् । यी १२ ओटा भातले बनेका मुर्तिलाई डबलीको पाटीमा प्रदर्शन गरिन्छ । त्यसपछि खट नाइकेले खट निकालेर सर सफाई गरी टुँडालदेवी माईको मूर्तिहरू राखेर डबलीमा ल्याउँछन् । अरू दुई ओटा साना खटमा अष्टमातृकाका शिरमा मूर्ति भएको रथ ल्याइन्छ जुन रथलाई भुछें, टुछेंर माँछे खट भनिन्छ । त्यही दिन राति १० – ११ बजेतिर मानेखट लिन नायखिं र धिमे बाजा बजाएर नक्साल चारढुङ्गे जान्छन् । सो मानेखटका स्वागतको लागि डंगोलबाट ल्याइएका पूजा सामान डबलीमा सजाई राखिन्छ । नक्सालबाट मानेखट ल्याएपछि डबलीमा बिसाई राखेका टुँडालदेवीलाई भक्तजनहरुले बोकेर तीन पटक घुमिन्छ । त्यसैबेला भातका १२ देवीदेवता जुन पाटीमा प्रदर्शन गरी राखेका मूर्तिलाई र माँछेखट बोकेर टुँडालदेवी विशालनगरतर्फ लगिन्छन् । टुँडालदेवीलाई डबलीबाट उठाई लग्दा पौराणिक छत्र (ऐतिहासिक छत्र) ओडाउने काम हाँडीगाँउ निवासी मानन्धरले गर्दछन् । टुँडालदेवीलाई डबलीबाट अगाडी लग्ने क्रममा डबलीको मानन्धरको घर अगाडी पयंता खलः द्वारा पोङ्गा बाजा बजाई त्यहाँबाट सुन र चाँदीको लठी लिई जात्राको टुँडालदेवीखट कुन्हु छें गल्लीमा पुजा लिदै भूतेश्वर, भीमसेन स्थान, कोटालटोल र न्याल्मा टोल हुँदै तीन पटक परिक्रमा गरिसकेपछि १२ – १ बजेको समयमा हाँडीगाँउका पयँता खलः द्वारा भीमसेन स्थान मन्दिर अगाडी टुँडालदेवी र मानेखटलाई पोङ्गा बाजा सुनाइन्छ । यसपछि उक्त दुवै रथ जात्रा गर्दै ढल्कुको बाटो हुँदै विशालनगर कुमारी स्थानमा पु¥याई बिसाइन्छ । पहिले यहाँ खटहरूको पुजा गरी लसकुस गरिन्छ । विशालनगर कुमारीस्थानबाट अघि अघि टुँडालदेवीको खट र पछिपछि मानेखट लगिन्छ । खटहरू लग्ने क्रममा टुकुचा खोलामा पुगेपछि हाँडीगाँउका पयँता खलःद्वारा लुँचोका भनिने पोङ्गा बाजा सुनाइन्छ । त्यहाँबाट टुँडालदेवीलाई आफ्नो साविक मन्दिरमा लग्ने क्रममा बाटामा दुई ठाँउमा आगो लगाइन्छ र मन्दिर पु¥याएपछि पोङ्गा बाजा सुनाई मन्दिरदेखि दक्षिणतर्फको मसानबाट रथ ओरालेर तल बिसाइन्छ । त्यहीबाट रथ (खट)मा राखिएका मूर्तिहरु टुँडालदेवीको मन्दिरभित्र लगी राखिन्छ, टुँडालदेवीसँगै आएको मानेखटलाई पनि टुँडालदेवीमा ल्याई पु¥याएपछि पोङ्गा बाजा सुनाएपछि टुकुचा खोलापारी पाखामा बिसाइन्छ । त्यहाँ मलःजा ख्वाइसकेपछि बाजा बजाएर त्यो खटलाई पनि टुँडालदेवीको मन्दिरको अगाडीपटी राखिन्छ । चैत शुक्ल पूर्णिमाको दिन हाँडीगाँउ, विशालनगर, चण्डोल, धुम्बाराही आदि क्षेत्रका जनताको लागि मुख्य चाड हुन्छ र सबैको घर घरबाट टुँडालदेवीलाई पुजा गर्न आउँछन् । पूजाको सामाग्रीमा मूस्वाँ भन्ने फूल समेत राखि पूजा गरिन्छ । बलि चढाउनेले बोका, भेडा, हाँस वा कुखुरा चढाई पूजा गर्ने गर्दछन् । यो जात्राको क्रममा पूर्णिमाकै दिन टुँडालदेवीलाई मानेखट र मान्छेखट समेत टुकुचा खोलाको बाटो हुँदै विशालनगर देखि ढल्कुको बाटो हुँदै भीमसेन मन्दिर नजिकै महाङ्कालस्थानमा ल्याई राखिन्छ । मानेखटलाई भने खट बाँध्ने काम मानन्धरहरूद्वारा गरिन्छ । भोलिपल्ट प्रतिपदाको दिन टुँडालदेवीलाई भीमसेनस्थान अगाडीको चौबाटोमा मानेखटसँगै बिसाई राख्दा कर्माचार्यहरूले राँगो बलि दिई पूजा गरी सकेपछि खट उठाइन्छ । जसको घर अगाडी गोवरले लिपेको हुन्छ, त्यही ठाँउमा दुवै खट बिसाएर पुजा गरिन्छ । त्यहाँबाट अगाडी जाँदा कृष्ण मन्दिर नपुग्दै अगाडीतर्फ श्रष्ठको घरमा खटले तीन पटक ढोग गरिन्छ । त्यसपछि खटहरूलाई कृष्ण मन्दिर भन्दा तल ढोकाबहालसम्म लगिन्छ र त्यहाँबाट पनि अगडी बढ्दा प्रजापतिहरूको घर अगाडी पु¥याएपछि देवतालाई तीन पटक ढोग गरी डबली ल्याई पु¥याइन्छ । डबलीमा खटहरू राखेपछि प्रजापतिद्वारा १०८ पालामा बत्ती बालेपछि देवताको पुजा गरी समेबजी बाँडिन्छन् । यही जात्रामा सामेल हुने मानिसहरूलाई डबलीका श्रेष्ठद्वारा भक्तजनहरुलाई सर्वत बाँडिन्छ । त्यहाँबाट खटहरू कोटालटोल महाद्यननी अगाडी पुगेपछि श्रेष्ठको तर्फबाट पुजा हुन्छ र त्यही रहेको पाटीमा खटहरू अड्याई तीनपटक ढोग गरिन्छ । यसै समयमा पूर्ण श्रेष्ठबाट देवताको दही च्यूराले पूजा हुन्छ र बाँकी दही च्यूरा प्रसादको रूपमा भक्तजनहरुमा बाडिन्छ । त्यहाँबाट साँझ पखको समय खटहरु उठाई षणमुखा भगवती मन्दिरबाट लामो ढुंगाको बाटो गरी गहना पोखरीमा टुँडालदेवीको रथ गहना खोज्न लागेकी टुँडालदेवीलाई बाहिरी आक्रमणबाट सुरक्षा गरेको भन्ने विश्वास गरिन्छ । गहना खोज्न पोखरीभित्र पसेकी टुँडालदेवीको खटलाई पोखरीको तीन चक्कर घुमाई माथि डिल सडक तिर ल्याइ बिसाएपछि, मानेखटले आमा टुँडालदेवीलाई तीन पटक परिक्रमा र ढोग चढाएपछि त्यहाँबाट बिदा भई आफ्नो निवास नक्साल फर्किन्छन् । त्यसपछि टुँडालदेवीको खट लामो ढुंगाको बाटो हुँदै हाडीगाँउ डबलीमा ल्याई राखिन्छ । द्वितीया र तृतीया गरी दुई दिन टुँडालदेवी र भाटभटेनीको दर्शन गर्ने काम हुन्छ । यस अवसरमा यस हाँडीगाँउ भित्र रहेका बाजाहरू दर्शन गर्ने बेलामा बजाइन्छ । दापा भजन पनि गरिन्छ । तृतीयाको दिन ताय (लावा) जात्रा गरिन्छ । यो जात्रा हाँडीगाँउका इच्छा हुने व्यक्तिले आफ्नो घर अगाडी बाटोमा सानो खट राखि सिंगारिन्छ । कसाईहरूबाट नायखिं र कुस्लेबाट म्वाली बाजा बजाउन लगाई सर्वप्रथम धनगणेशको पूजा गर्न जान्छन् । त्यसपछि मानेखटको पूजा गर्न बाजासाथ नक्साल जान्छन् । नक्सालबाट फर्केपछि ब्रत बसेका र नेवारी पोशाकमा सिंगारिएका आईमाईहरू ताय (लावा) छरी लावा जात्रा गर्दै जात्रा गर्नेहरू डबली, कोटालटोल, गहना पोखरी र टंगाल गणेशस्थान हुँदै भाटभटेनी पुग्छन् । त्यसपछि कर्माचार्य पुजारीले भाटभटेनीको पूजा र बोको बली दिन्छन् । यसै अवसरमा पूजा गर्ने खलकहरूले सेतो फेटा बाँध्ने काम गर्दछन् । भाटभटेनीको पूजा सकिएपछि अघि अघि यस हाँडीगाउँमा भएका सम्पूर्ण बाजा नायखिं, म्वाली, धिमे, पयाताखलः, बाँसुरी, धाः र व्याण्ड बाजा, त्यसपछि ब्रत बसेका आइमाइहरू तथा कन्यन केटी र सजाएको रथलाई ढल्कु र भीमसेनस्थान हुँदै डबलीमा टुँडलदेवीकहाँ पुग्दछन्, कर्माचार्यहरूले त्यहाँ टुँडालदेवीको पूजा गरी राँगा भोग दिन्छन् । पूजा विसर्जन भएपछि ताय (लावा) छर्ने महिला र कन्या केटीहरूलाई प्रसादको रूपमा एक एक ओटा (औंगे) बाँडिन्छ । यस दिन बेलुका टुँडालदेवीको मूर्ति अर्को सानो खटमा सारिन्छ । त्यसपछि ८ – ९ बजेको समयमा पयँता खलः को बाजा आउँछ र खट उचालेर टोल परिक्रमा गर्दै पूजा लिन जान्छ । खटलाई मानन्धरको धर अगाडी पोङ्गा बाजा सुनाएपछि कुन्हु छें मा पनि सोही बाजा सुनाएपछि बाजा गाजा र चिलाक बत्ती बालेर डबलीबाट न्याल्या टोल, ढोका बहाल, भीमसेन स्थान र कोटालटोलको तीन पटका परिक्रमा गरेपछि गहना पोखरी टंगाल र नक्साल भगवतीस्थान हुँदै टुँडालदेवीले चार ढोंगेमा छोरी मानेखटकहाँ पूजा ग्रहण गरेपछि त्यहाँबाट गैहीधारा हुँदै भाटभटेनी ल्याई पु¥याइन्छ । यहाँ वरपर पूजा लिन घुमाइन्छ । त्यसैबेला भाटभटेनीलाई सिंगारेर मन्दिरदेखि पूर्वतर्फको पाटीमा झुण्ड्याई राखेको हुन्छ । राती १ बजेतिर टुँडालदेवीको खटले भाटभटेनीको मन्दिरलाई तीन पटका घुमेर जुधाइन्छ। त्यहाँबाट बिदा भै बाजा गाजा समेत ढल्कुको बाटो हुँदै दथुटोलमा ताहागल्लीमा खट बिसाइन्छ । त्यहाँबाट टुँडालदेवीको द्योःछे लगी द्योःछे जात्रा गरी पूजा गरेर नजिकको पाटी अगाडी तर्फ रथ बिसाइन्छ । बैशाख कृष्ण अष्टमीको दिन सबैले टुँडालदेवीको क्षमापूजा गर्दछन् । त्यसदिन बेलुका ९–१० बजेतिर टोलमा भएका सबै बाजा बजाई टुँडालदेवीलाई अर्को सानो खटमा सारेर टोलमा महिला र कन्या केटीहरूले सुकुन्दामा बत्ती बाली अघि लग्दछन् । खट पछि पछि हुन्छ । द्योः छें ताहागल्ली कृष्ण मन्दिर हुँदै ठटुटोलमा पुजारीहरूको घरमा गई देवीको पूजा गरी पुजारीको जिम्मा लगाई सबै जना आफ्ना घर फर्कन्छन् । यसै दिन भीमसेनस्थानमा देवताको विशेष पूजा गरिन्छ । यस दिन भीमसेनलाई यो जात्राको अन्तिम कार्यक्रमको रूपमा रातिका २–४ बजे भित्रमा पयँता खलः भाटभटेनीलाई पोंगा सुनाई त्यहाँबाट कोटालटोल भगवती स्थानमा पोंगा बजाएर सुनाएपछि पोंगा बजाउने काम सकिन्छ । यसपछि अनौठो धिम्मे बाजा बजाएर पँयता काजीको घरमा विश्राम गरिन्छ । भोलिपल्ट नवमीको दिन दुबैतर्फको लिङ्गो ढाल्ने काम गरिन्छ र खटहरू पनि आफ्ना आफ्ना ठाँउमा पु¥याई राखिन्छ । अघि अघि लिङ्गोमा रहेको सिंहको जात्रा पनि गरिन्थयो ।
🔥🔥हाडीगाउँ सार्वजनिक जग्गा प्रकरण ‼️🔥🔥 मालपोतका हाकिमलाई कालोमोसो यसरी दलिएपछी : भिडियो हेर्नुहोस र भ्रष्टाचार घुसखोरिको बिरुद्धमा आवाज बुलंन्द गर्न एक शेयर गर्नुहोस ~
भ्रष्टचारीलाई यस्तै गर्न पर्छ 🔥🔥🔥‼️ सक्दो सेयर गरौ ‼️🔥‼️🔥‼️🔥
🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥 विवेकवान मानवले यति हेरेपछि आफै बुझ्नुहुन्छ..... म त फेरि भन्छु " भ्रष्ट अदालत नस्ट गर"🔥🔥🔥🔥🔥
🔥🌍🔥🌍🔥🌍🔥🌍🔥🌍🔥🔥🌍 यस्तै रहेछ यहॉको चलन! सक्दो सेयर गरौ !
🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥 जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥 जोशीको ‘प्रोग्रेस रिपोर्ट’ अनुसार उनले २०२९ सालमा विजय मेमोरियल स्कुलबाट १० कक्षा उत्तीर्ण गरेका थिए। उनको सिम्बोल नम्बर ३६६७भनी उल्लेख छ। परीक्षा नियन्त्रण कार्यालयको उच्च स्रोतले कान्तिपुरलाई दिएको विवरण अनुसार, २०२९ सालमा विजय मेमोरियल स्कुलबाट टेष्ट तथा एसएलसी दिने विद्यार्थीको सूचीमा दीपकराज जोशीको नाम छैन। #KantipurDaily