उच्च हिमाली जडिबुटी बाट बिना साइड इफेक्ट पायल्स फिस्टुला, मलद्वार चिलाउने, दिसामा रगत देखिने रोग उपचार गराउन आयू हेल्थ होमलाई सम्झनुहोस !!
साथै हड्डी खीएको, नसा च्यापिएको, प्यारालाइसिस, मेरुडन्डको चोटपटक, खुट्टा झमाझमाउने, पोल्ने, बाथ युरिक एसिड, मुख बाङिने, पार्किन्शन, जस्ता अपेरसन गर्नु पर्ने रोगको बिना अपरेसन सफल उपचार गरिन्छ । आयू हेल्थ होम शंखमुल-३४ श्रीनगर मार्ग काठमाडौँ फोन : ०१-४७८३३९०
Talent Show हेर्नुहोस। मन परेमा १ लाइक, १ Share र १ कमेन्ट गर्नुहोला।
नरहनुहोस् तपाइँ बेखबर ताजा स्थानीय समाचारको लागि यो पेज तुरुन्त लाइक गर्नुहोला .
बाग्लुङ्ग क्षेत्र नम्बर १ बाट नेपालि काँङ्ग्रेसका उमेद्बार हरि बहादुर खड्का बिजयि । क्षेत्र नम्बर २ बाट नेपालि काँङ्ग्रेसका उमेद्बार प्रकाश शर्मा पौडेल बिजयि। भने बाग्लुङ्ग क्षेत्र नम्बर ३ को मतगणना जारी।
बागलुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेस प्रकाश पौडेल विजयी !..नेपाली कांग्रेसका समर्थक बाट बागलुंग बजारमा बिजयीको नारा जुलुस .
जनसंख्या घट्यो विगत दश वर्षको तुलनामा बागलुङको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना अनुसार २०५८को तुलनामा २०६८मा बागलुङको जनसंख्या ३ सय २४ जना घटेका हुन् । जिल्ला तत्थ्याङक कार्यलयले आज बागलुङमा पत्रकार भेटघाटको आयोजना गरी सार्वजनिक गरेको तत्थ्याङकमा विगतको तुलनामा बागलुङको जनसंख्या घटेको छ । २० २०६८को जनगणना अनुसार बागलुङको जनसंख्या २ लाख ६८ हजार ६ सय १३ जना रहेको जिल्ला तथ्यांक कार्यालय बागलुङले जनाएको छ । जसअनुसार पुरुष १ लाख १७ हजार ९सय ९७ जना र महिला १ लाख ५० हजार ६ सय १६ रहेको जनाईएको छ । जिल्लाका ५९ गाविस मध्ये सबै भन्दा धेरै जनसंख्या बुर्तिावङ गाविमसा ८ हजार ७ सय ७१ रहेको छ भने सवै भन्दा कम सुखौरा गाविसमा १ हजार १ सय १८ जना रहेका छन् । बागलुङ नगरपालिको जनसंख्या ३० हजार ७ सय ६३ जना पुगेको छ । जस अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या करिब १३ प्रतिशतले बढि रहेको छ । जिल्लाको जनसंख्या बृद्धिदर माईनस ०.०१ प्रतिशत रहेको छ । बाग्लुङको घरधुरी संख्या ६१ ह्जार ४ सय ८१पुगेको जिल्ला तथ्यांक कार्यालयका अधिकृत निराजन शर्माले बताए । जिल्लामा कुल साक्षर जनसंख्या १ लाख ७३ हजार २ सय जना रहेका छन् । जस मध्ये पुरुष साक्षरता ८०.५९ प्रतिशत र महिला ६५.२९ प्रतिशत रहेको छ । विगतको तुलनामा साक्षरता दर बृद्धि भएको छ । जिल्लाबाट वैदेशिक रोजगारीकोलागि जानेको संख्या ४२ हजार पुगेको बताईएको छ । निमित्त स्थानीय विकास अधिकारी भेषराज शर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी काशिराम शर्मा, जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्याय, धौलागिरी बहुमुखि क्याम्पसका प्रमुख आनन्द शिलवालले बोलेका थिए । तथ्यांक कार्यालयका होमनाथ शर्माले संचालन गरेको कार्यक्रममा सहजिकरण तथ्यांक अधिकृत यदुनाथ आचार्यले गरेका थिए ।
मुस्ताङमा वर्षाले दुई घर र २६ गोठ बगायो वर्षाको समयमा कम पानी पर्ने मुस्ताङमा भिषण वर्षा भएपछि धनजनको क्षति भएको छ । वर्षासँगै आएको भेलले बगाएर धादिङ घर भइ मुस्ताङमा ज्यालादारी गर्ने नाम नखुलेका एक जना बेपत्ता भएका छन् । कागवेनी—९ तिरी खोलामा आएको भेलले दुई घर र २६ गोठ बगाएको मुस्ताङका प्रहरी निरिक्षक चुरा बहादुर कार्कीले बताए । गोठ बगाउँदा २४ गाई र ८ गधा मरेको प्रारम्भिक विवरण आएको आएको उनले बताए । दुई घर बगाएको भएपनि मानविय क्षति नभएको र आठ घरमा बाढीले असर पुगेको छ । निरन्तर वर्षा भएकोले क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरी निरिक्षक कार्कीलले वताउनु भएको छ । खोला बढेर मार्फा गाउ र कागबेनीको पिरी गाउ डुवानको खतरामा परेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र, जनपद खटाएर उद्दारको काम भैरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा गौतमले बताए । वर्षाले दुईदिन देखि बेनी—जोमसोम सडक अबरुद्ध हुँदा मुस्ताङ जाने र फर्कने पर्यटकको विचल्ली भएको छ । प्रतिकुल मौसमका कारण पोखरा— जोमसोम रुटमा जहाज चलेका छैनन् । बाढीकै कारण म्याग्दीको घतानमा चार घर भत्किएका छन् । घतान–८ का पदमबहादुर चोखाल, चन्द्रबहादुर चोखाल, फौदबहादुर चोखाल र तोरे नेपालीका घर भत्किएको प्रहरीले जनाएको छ । त्यस्तै सिंगा—३ सुर्केमेलामा रहेको शिवालय प्राबिको भवन नदी कटानका कारण जोखिममा परेपछि पठनपाठन बन्द गरिएको छ । वर्षाले बाग्लुङको दुदिलाभाटीमा दुई घर पहिरोले पुरेको प्रहरीले जनाएको छ । मध्य पहाडीको बाग्लुङ बजारदेखि बुर्तिवाङ सडक खण्डमा सवारी नचल्दा सयौँ यात्रु बाग्लुङमा अलपत्र परेका छन् । बजारदेखि रिजाल चोकसम्म गाडि पुगेपछि त्यस उता सबै अबरुद्ध छ । विभिन्न ठाउँमा पहिरा गएपछि जिल्लाका कुनैपनि ग्रामिण सडकमा सवारी संचालन गर्न नसकेको धौलागिरी जिप व्यवसायी समितिका सचिब विष्णु अधिकारीले बताए । निरन्तरको वर्षाका कारण पहिरो जादाँ बागलुङ जिल्लाको दमेक ९ देउरालि खानिका ८ घर पहिरोको जोखिममा परेका छन् । पर्वतका ग्रामिण क्षेत्रमा चल्ने सबै सवारी रोकिएका छन् ।
राष्ट्रपतिलाई उपचार आन्द्रामा दाग देखिएपछि क्यान्सरको आशंका गरिएका राष्ट्रपति डाक्टर रामबरण यादवलाई आज उपचारका लागि जापान लगिने भएको छ । राष्ट्रपति यादवसहित १० सदस्यीय टोली अहिले केहीबेरमा थाइ एयरको बिमानमार्फत् जापानतर्फ लाग्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । आइतवार जापानमा सार्वजनिक बिदा भएका कारण कुन अस्पतालमा भर्ना गर्ने भन्ने टुंगो नलागेको स्रोतले जानकारी दियो । टोलीमा राष्ट्रपतिका छोरा चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक डा. यादव भट्ट, सल्लाहकार सूर्य ढुंगेल, परराष्ट्र मन्त्रालयका सिस्टाचार महापाल निरञ्जन मानसिंह बस्न्यात लगायत सुरक्षाकर्मीहरु रहने छन् । यसैवीच राष्ट्रपतिको सवै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
चट्याङबाट चार मृत्यु पर्सामा आज विहान अविरल वर्षासँगै परेको चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । पर्साको बैरियाबीता गाविसमा चट्याङले लागेर रामबाबु साह, मनिफ मिया, गया मुखिया र शम्भु पटेलको मत्यु भएको हो । पानीबाट जोगिन बसेका ५ जना भएको ठाउमा परेको चट्याङबाट चार जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् । दुई जनाको घटनास्थलमै र बाँकी दुई जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्यटक बोकेको हेलिकप्टर आकस्मिक अवतरण
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट तीर्थयात्री बोकेर पोखरा तर्फ जाँदै गरेको हेलिकप्टर बलेवामा आकस्मिक अवतरण गरेको छ ।
भारतीय पर्यटक बोकेर पोखरा तर्फ जाँदै गरेको डाइनेष्टी एयरको हेलिकप्टर खराब मौसमका कारण बलेवा विमानस्थलमा अवतरण गराइएको हो ।
हेलिकप्टर दिउँसो १ बजे आकस्मिक अवतरण गराईएको हो । हेलिकप्टरमा ५ जना भारतीय पर्यटक सवार छन ।
खराब मौसमका कारण आकस्मिक अवतरण गरेको हेलिकप्टर मौसममा सुधार नआएकाले बलेवामा नै रहेको इलाका प्रहरी चौकी बलेवाले जानकारी दिएको छ ।
सुनका कुरा वागलुङका सुन पसलले पनि आफ्नो कारोवार ठप्प पारेका छन् । आज छैँठौँ दिनसम्म पनि सुन व्यवसायीहरुले आफ्नो सुन पसल बन्द गरेका छन् । यसैवीच सुनचादी ब्यावसाय संचालनको लागि निश्चित मापदण्ड र निदेशिकाको माग गर्दै नेपाल सुनचादी व्यावसायी सघं बागलुङले आज जिल्ला प्रशाशन मन्त्रीपरिषदका अध्यक्ष लाई ज्ञापन पत्र पेस गरेको छ । नेपाल सुनचादी व्यावसायी सघंका अध्यक्ष सुदेसचन्द्र राजभण्डारीको नेतृत्वमा गएको सघंको टोलीले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी काशिराम शर्मा मार्फत मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी लाई ज्ञापन पत्र पेस गरेको हो । नेपाल सुनचादी व्यावसायी सघंका अध्यक्ष सुदेशचन्द्र राजभण्डारी र सचिव बाबुराम विक द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा सुनचादी व्यावसाय लाई नियमित रुपमा संचालन गर्न निश्चित मापदण्ड आउनुपर्ने, निर्देशिकामा ब्यावसायीले दिएका सुझाब समेटिनुपर्ने लगायतका माग रहेका छन् । ज्ञापन पत्रमा कुनै निश्चित मापदण्ड वा निर्देशिका नभई अनुगमनमा कारबाहिमा परेका व्यावसायी लाई कारबाही गर्दा सघंले लागु गरिराखेको आचार संहिता अनुसार गर्नुपर्ने र हाल भएको कारबाही फिर्ता हुनुपर्ने बताईको छ । यि मागहरु पुराभएपछि मात्र आफुहरुले ब्यावसाय व्यबस्थीत तरिकाले निरन्तर संचालन गर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी काशिराम शर्माले व्यावसायीले उठाएका माग सकरात्मक भएको भन्दै ज्ञापन पत्र तत्काल मन्त्रिपरिषदको कार्यालयमा पठाईदिने प्रतिबद्धता जनाउनु भएको थियो ।
भीमसेन उच्च माविमा निर्वाचनको चटारो बागलुङ जिल्लाका करिब १ दर्जन गाविसको शैक्षिक केन्द्रका रुपमा स्थापित भीमसेन उच्च मावि बिहु बागलुङमा व्यवस्थापन समितिको नेतृत्वका लागि असार ५ गते निर्वाचन हुने भएको छ । व्यवस्थापन समितिको नेतृत्वका लागि गत जेठ २१ गते उमेदवारी दर्ता भएको थियो । व्यवस्थापन समितिको महिला सदस्यमा पाला गाविस–५ की झुपा भण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ । महिला सदस्यमा उमेदवारी दिएका लक्ष्मी खड्का रोका र भद्रा खत्रीले उमेदवारी फिर्ता लिएपछि झुपा भण्डारी निर्विरोध महिला सदस्य निर्वाचित भएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि पालाका टिकाबहादुर थापा र रेशका चित्रबहादुर कार्कीको उमेदवारी परेको छ । थापा एकेकपा माओवादी निकट हुन् भने कार्की नेपाली कांग्रेस निकटका हुन् । यस्तै २ जना खुल्ला सदस्यका लागि पाला–३ का जंगबहादुर किसान, बिहु–१ का लक्ष्मीप्रसाद कंडेल र बिहु–१ कै गोपाल पुनको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । ४ सय ४५ जना अभिभावक मतदाता रहेको निर्वाचनका लागि उमेदवारहरु घरदैलो अभियानमा जटेका छन् । अध्यक्षका उमेदवार टिकाबहादुर थापालाई एकीकृत नेकपा माओवादी र नेकपा एमालेको समर्थन रहेको तथा चित्रबहादुर कार्कीलाई नेपाली कांग्रेसको समर्थन रहेको जनाइएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएपनि पार्टीका नेताहरु निर्वाचनमा आफु निकटका उमेदवारलाई जिताउन सक्रिय देखिएको अभिभावकहरुले बताएका छन् । पाला, भीमापोखरा, धम्जा, तंग्राम, बिहु, लेखानी, रेश, सिगाना, बागलुङ नगरपालिका लगायतको शैक्षिक केन्द्रका रुपमा परिचित हुदै आएको भीमसेन उच्च माविमा यसै शैक्षिक सत्रदेखि इञ्जिनियरिङ विषयको पढाई शुरु भएको छ ।
वर्षाका कारण जनजिवन अस्तव्यस्त
विगत तिन दिन देखि निरन्तर परेको वर्षाका कारण धौलागिरीको जनजिवन अस्तव्यस्त बनेको छ । बर्षाका कारण काम विषेशले घर बाहिर निस्कनु पर्ने सर्वसाधरणले सास्ती भोग्न बाध्य भएका छन् । वर्षाका कारण ठाउ ठाउमा पहिरो जादाँ धौलागिरीका चारै जिल्लाका ग्रामिण सडक अबरुद्ध बनेका छन् । वर्षा संगै सडक खण्डका विभिन्न ठाउमा पहिरो गए पछि सदरमुकाम बाट ग्रामिण क्षेत्रमा सञ्चालन हुने यातायात अवरुद्ध बनेको हो । वर्षाका कारण बानपा ५ वोक्सेमा र दुधिलाभाटिमा पहिरो गएपछि बागलुङ गल्कोट सडक खण्ड अबरुद्ध बनेको छ भने बागलुङ बुर्तिवाङ सडक खण्डमा समेत यातायातका साधन सञ्चालन हुन नसकेको धौलागिरी अञ्चल जिप व्यवसायि समितिका सचिव विष्णु अधिकारीले बताउनुभयो ।
यस्तै वर्षाका कारण ठाउ ठाउमा पहिरो गएपछि बागलुङ कुश्मीसेरा सडक खण्ड, भकुण्डे, लगाएतले क्षेत्रमा जाने सडक अबरुद्ध बनेका छन् । यस्तै, अविरल वर्षा संग पहिरो गएपछि पर्वतको लेकफाँटमा एक गोठ भत्केको छ । गोठ माथि बाट गएको पहिरोका कारण लेकफाँट ३ सुन्दर डाडाका ओमप्रसाद रेग्मीको गोठ भत्काएको हो । पहिरो गोठ भत्काउदा करिब २ लाख बराबरको क्षती भएको स्थानीय रघुनाथ सुवेदिले जानकारी दिनुभयो । वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि बेनी जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । म्याग्दीको हिस्तान र घार गाविसको सिमानामा पर्ने भिरकाटेमा कालीगण्डकीमा पानीको सतह बढेपछि हिजो रातीदेखिनै यात्रुहरु भिरकाटे र पोखरेबगरमै रोकिएका छन् । कालीगण्डकी नदीले सोही स्थानबाट एउटा ट्याक्टर समेत बगाएको छ । नदिकटान नियन्त्रणका लागि ७१ लाख रुपैया विनियोजन गरे पनि ठेकेदार सम्झौता गर्न नआएपछि योजना अलपत्र परेकोले वर्षायाममा यात्रुहरुले सास्ति खेप्दै आउनुपरेको छ । यसैगरी बागलुङ बजारमा समेत लगातारको वर्षाका कारण सडकका विभिन्न भागहरुमा बगेको पानीले यात्रुलाई समस्या पारेको छ । बजारको हल्लनचोक, जिविसचोक लगायतका ठाँउहरुमा पैदय यात्रुलाई समस्या भएको छ । लामोसमयसम्म ढल व्यवस्थापनका लागि नाली व्यवस्थापनमा नगरपालीकाले खासै ध्यान दिन नसक्दा नगरवासीले दुख झेल्नुपरेको छ । यस्तै गरी नाली व्यवस्थापनका लागि भन्दै निर्माण सुरु गरिएको बजारको लालिगुँरासचोकदेखि शिवधाराचोक त्यस्तै श्रीनगरटोल क्षेत्रमा बाटोमा थुप्रिएको ढुंगा, गिटि लगायतले आवागमनमा अप्ठ्यारो पारेको नगरवासीले गुनासो गरेका छन् । यस्तै वर्षाका कारण धौलागिरीका तीन जिल्ला बागलुङ, पर्वत र म्याग्दीका सदमुकामबाट ग्रामिण क्षेत्रमा जाने सवारी साधन छुट्न नसक्ने अवस्था भएको छ । सडक निर्माण गरि मर्मत तथा संभार नगर्दा सामान्य पहिरो तथा बाढीका कारण ग्रामिण क्षेत्रमा जाने जीप तथा सामान ओसार पोसार गर्ने ट्याक्टर जान सकेका छैनन् ।
गल्कोट बहुमुखी क्याम्पसमा स्ववियु चुनावबारे अन्तरक्रिया स्वतन्त्र विद्यार्थी युनियन गल्कोट बहुमुखी क्याम्पसको आयोजनामा आगामी २३ गते हुने स्ववियु चुनावलाई लक्षित गरी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । स्ववियु गल्कोट बहुमुखी क्याम्पस सभापति मनबहादुर खत्रीको अध्क्षतामा सम्पन्न सो कार्यक्रमममा निमित्त क्याम्पस प्रमुख मधुलाल गौतम, अखिल क्रान्तिकारी गल्कोट बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण कंडेल, अखिल छैठौंका अध्यक्ष हुमलाल न्यौपाने, नेविसंघका अध्यक्ष वीरजंग भण्डारी, अखिल क्रान्तिकारी संस्थापनका अध्यक्ष पदम थापा, क्याम्पस विद्यार्थी संयन्त्र समितिका सहसचिव लक्ष्मी शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अबसरमा पाच विद्यार्थी संगठनबिच सहमतिको आधारमा स्ववियु गठन गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रम स्ववियु सहसचिव चित्रबहादुर सहानीको स्वागत र स्ववियु सचिव निलकुमार कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
।
क्याम्पसमा ताला एमाओवादी निकट अखिल क्रन्तीकारी विद्यार्थी संगठनले धौलागीरी वहुमुखी क्याम्पसको स्वव्यु निर्वाचन कक्षमा आज तालावन्दी गरेको छ । आगामी २३ गते हुन लागेको स्वव्यु चुनाव देश भर एकै पटक हुनु पर्ने माग राख्दै तालावन्दी गरेको हो । त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खोलेर देशै भरका क्याप्पसमा एकै पटक चुनाव गर्ने वातावरण नभए सम्म ताला नखोल्ने संगठनले जनाएको छ ।
बाग्लुङका होटलमा छ हजार पाहुना राख्ने क्षमता आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि बाग्लुङका होटलहरुले पूर्वाधार थपेका छन् । नयाँ होटलसँगै पुराना होटलले सेवा सुविधा बिस्तार गरेर क्षमता बढाएका हुन् । बाग्लुङ सानो बजार भएपपन पर्यटकको चाप र पाहुनाको मागलाई लक्षित गरेर नयाँ—नयाँ सुविधा र पूर्वाधार थप गर्दै लगेको होटल व्यवसायी संघ, बाग्लुङका अध्यक्ष अर्जुन चोखालले बताए । यहाँ साना ठूला गरी दुई सय होटल छन् । अहिले जारी शिक्षक सेवा आयोगको परिक्षार्थी र पेन्सन बितरण क्याम्पमा गरी करिब छ हजार जना पाहुना होटलमा बसेको होलट व्यवसायीले बताएका छन् । पिस प्यालेस होटल,बाग्लुङले एक करोड रुपैयाँको लगानीमा क्षमता बृद्धि गरेको छ । ७० जना पाहुना राख्ने क्षमता भएको उक्त होटलले नयाँ भवन निर्माण गरेर एक सय पर्यटक राख्न सक्ने हैसियत बनाएको छ । ‘यो वर्ष १४ एटेज रुम थप निर्माण गरेको छु, ’ पिस प्यालेसका संचालक निलेश राजभण्डारीले भने । सो होटलले बाग्लुङमै पहिलो पटक एयर कण्डिसन सहितका डिलक्स रुम तयार गरेको हो । बिभिन्न कार्यक्रमकोलागि बाग्लुङ आउन भिआईपीहरु पोखरा फर्किने गरेपछि उच्च आर्थिक हैसियत भएका वर्गलाई लक्षित गरेर नयाँ व्यवस्थापनमा अघि बढेको उनले बताए । यहाँ सितल पार्टी प्यालेस नयाँ व्यवस्थापनका साथ सुरु भएको छ । होटल समिट धौलागिरी, अन्नपूर्ण होटल, ह्वाईट प्यालेस, मुस्ताङ मार्फा लगायत होटललेपनि सेवा सुविधासँगै क्षमता बिस्तार गरेका छन् । ठूला सभा समारोह गर्दा, विभिन्न परिक्षा दिन आउने विद्यार्थी छिमेकी जिल्लामा जानुपर्ने बाध्यता थियो । नयाँ होटल र क्षमता बढाएपछि बाहिर जाने समस्याबाट मुक्ति पाएको होटल व्यवसायी संघका सचिब विष्णु सापकोटाले बताए । यहाँ होटलले सेवा बापत लिने शुल्कमा भने बृद्धि गरेका छन् । खाना, कोठाको चार्जमा १०देखि १५ प्रतिशतसम्म बढाएका हुन् । खानाको सादा १ सय ३५ र मासु खानाको २ सय ६० रुपैयाँ पु¥याएका हुन् । एटेज कोठाको सुविधा अनुसार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिन्छन् ।
शिक्षकको परीक्षा शिक्ष सेवा आयोगले रित्त पदपुर्तिको लागि आब्हान गरेको परीक्षा आज सकिएको छ । विहीबारदेखि सुरु भएको परीक्षाको आज अन्तिम दिन प्राथमिक तहको परीक्षा सम्पन्न भएको छ । आजको परीक्षा पनि शान्तिपुर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताउनुभयो । यसअघि हिजो निमावि दरबन्दीका लागि परिक्षार्थीहरुले परिक्षा दिएका थिए भने पहिलो दिन विहीबार माध्यामिक तहको परीक्षा संचालन भएको थियो । दिउँसो २ बजेबाट सुरु भएको परीक्षा अहिले पाँच बजे सकिएको छ । आयोगको लािग धेरै संख्यामा आवेदन परेपनि ठुलो संख्यामा परिक्षार्थी परीक्षामा अनुपस्थित भएको शिक्षा अधिकारी पौडेलले जानकारी दिनुभयो । आयोगले खुलाएको पदमा बागलुङबाट ९ हजार बढीले आवेदन भरेका थिए ।
२ हजार विद्यार्थी मतदाता धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आगामी जेठ २३ गते हुने स्वबियु निर्वाचनमा २ हजार ७८ विद्यार्थी सहभागी हुने भएका छन् । निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावलीमा २ हजार ७८ जना विद्यार्थीले चुनावमा मतदान गर्न पाउने गरी नामावली प्रकाशित गरेको हो । प्रकाशित मतदाता नामावलीमा दाबी बिरोध नभए सबै विद्यार्थीले चुनावमा मत हाल्न पाउने निर्वाचन अधिकृत गोविन्द गौतमले बताउनुभयो । मतदाता नामावलीमा आगामी जेठ १३ गते १ बजेसम्म दाबी बिरोध या संशोधन गर्न सुचना टाँस गरिएको पनि निर्वाचन समितिले जनाएको छ । स्वबियू निर्वाचनका लागी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सघं, नेकपा एमाले निकट अनेरास्वबियु, एकिकृत माओबादी निकट अखिल क्रान्तिकारी, नेकपा माओबादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अनेरास्वबियु छैठौ, नेकपा माले निकट अनेरास्वबियु पाँचौ, नेकपा एकिकृत निकट अखिल एकिकृत, संघिय समाजबादी पार्टी निकट अग्रगामी विद्याथी का साथै स्वतन्त्र विद्यार्थी समूह र अखिल एकता प्यानलले संगठन दर्ता गराएका छन् । निवार्चन तालिका अनुसार आगामी जेठ १४ गते उमेदवारका लागि मनोनयन पत्र वितरण, १९ गते उमेदवारको अन्तीम नामावली प्रकाशन र २३ गते मतदान हुने निर्वाचन अधिकृत गौतमले बताए । धौलागिरी बहुमुखी क्याम्पसमा १९ सदस्यीय स्ववियु सदस्यका लागि अध्यक्ष सचिव र कोषाध्यक्ष सहित ११ जना प्रत्यक्ष र ८ जना समानुपातिक तर्फबाट निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।