• Delete
  • Edit
Uncategorized

नमस्ते संखुवा सभा

Khandbari Sankhuwasabha, Khandbari

About

नमस्ते संखुवा सभा is located at Khandbari Sankhuwasabha, Khandbari

संखुवा-सभा जिल्लाका सम्पुर्ण गतिबिधी दिने एक मात्र फेसबुक पेज लाइक गरी अवलोकन गरौं।

Tags : #Community, #SeniorCenter

Location :
Khandbari Sankhuwasabha, Khandbari

Added by Jopie, at 09 June 2015

Add missing information

Add email
Add phone
Add website
Add opening hours
Add photos
Add Social Media
Add Products and Services

18 Reviews

  • Anynomous
    20 December 2015

    संखुवासभा अलैचीबारी शेकाहामा फलेका यी सुन्तलाका दृश्यहरु।।

    report this review
  • Anynomous
    23 November 2015

    किमाथांका नाका खुलाउँन पहल शुरु,महत र कोइराला संखुवासभामा

    मित्र राष्ट्र भारतको अघोसित नाकाबन्दीका कारण थिलथिलो भएको अर्थतन्त्र र कष्टकर बनेको नागरीक जनजिवन लाइ सहजीकरण गर्न बैकल्पीक प्रयासहरु सुरु भएका छन् । बैकल्पीक प्रयासका रुपमा छिमेकी मित्र राष्ट्र चिन संग जोडीएका सिमा नाकाहरु सुचारु गर्न नागरीक तह बाट नै दवाबहरु बढन थालेको सन्दर्भमा ऐतिहासिक कालखन्ड देखि नै प्रयोगमा रहेर पनि सरकारी बेवास्ताका कारण उपेक्षीत रहेको संखुवासभा जिल्लाको उत्तरी सिमा नाका किमाथाङ्कका नाका सुचारु गर्न समेत बिभीन्न प्रयास र दवाबहरु सुरु भएका छन् । यसै सन्दर्भमा संखुवासभाका माननीय श्री दिपक खड्काको प्रयासमा भुतपुर्ब अर्थ मन्त्री तथा नेपाली काँग्रेसका नेता राम शरण महत , नेत्रृ सुजाता कोइराला तथा माननीय दिपक खड्का समेतको प्रतिनीधी मन्डल आज किमाथाङ्कका नाकाको स्थलगत अवलोकनका लागी त्यस तर्फ प्रश्थान गरेको छ ।

    report this review
  • Anynomous
    30 October 2015

    ..संखुवासभाका माछा

    संखुवा-सभा जिल्ला खाँदबारी-१३ तुम्लिङ्गटार बजार स्थित एक पसलमा बेच्न राखिएका पेरुङ्गाका सुकेका माछा।

    report this review
  • Anynomous
    11 October 2015

    शुभ दशैं २०७२

    report this review
  • Anynomous
    27 September 2015

    => कहाँको दृश्य होला यो देखिएको ? १. सभा खोला माथि २. पिलुवा खोला माथि ३. चेवाबेशी माथि

    report this review
  • Anynomous
    01 September 2015

    संखुवा-सभा जिल्लाको सदरमुकाम खाँदबारी तलायत मानेभन्ज्याङ्ग, तुम्लिङ्गटार, वाना तथा चैनपुरमा धुमधामका साथ हिजो हिले जात्रा देखाइएको छ। हेरौं संखुवा-सभाका बिभिन्न ठाउँमा निकालिएका यी हिले तथा रोपाइ जात्राका झलकहरु।।

    report this review
  • Anynomous
    30 August 2015

    संखुवासभामा रुद्राक्षको कारोबार सुरु, जति धेरै मुख त्यति नै धेरै मूल्य

    संखुवासभा: संखुवासभावासीका लागि आम्दानीको मुख्य स्रोतको रुपमा रहेको रुद्राक्षको कारोबार सुरु भएको छ । अघिल्ला वर्षहरूमा रुद्राक्ष व्यापार असोजबाट सुरु हुने भए पनि यसवर्ष भने भदौको पहिलो साताबाटै सुरु भएको वाना होक्सेका किसान मोहन योगीले जानकारी दिए । “व्यापारीहरूले रुद्राक्षको बगैंचा ठेक्कामा लिन सुरु गरिसकेका छन्,” उनले भने । अघिल्लो वर्षभन्दा यो वर्ष रुद्राक्ष कम फलेको र लगातार पानि परिरहेका कारण टिप्न पनि समस्या भएको उनले बताए ।किसानहरूका अनुसार मुखअनुसार रुद्राक्षको किनबेच हुने गरेको छ । जति धेरै मुख भयो त्यति नै धेरै मूल्य तोकिने भएकाले मुखका आधारमा रुद्राक्षको किनबेच हुने गरेको धुपुका किसान बालकृष्ण ठाडाले बताए । नेपालका शिक्षाका ज्योतिका रुपमा परिचित बालगुरु षडानन्दले भारतबाट वृक्ष ल्याई भोजपुरको दिङ्लामा रुद्राक्ष रोपेको र त्यसैबाट रुद्राक्ष फैलिएको विश्वास छ । भोजपुरको उत्तरी १० भन्दा बढी गाविसका किसानहरूको मुख्य आम्दानीको स्रोत रुद्राक्ष हो ।धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने र बजार मूल्य पनि राम्रो भएकाले कृषकहरूले खेतीयोग्य जमिन मासेर रुद्राक्षको खेती गरेको पाङ्ठाका सन्तोष पोखेरेल बताउँछन् । रुद्राक्ष भोजपुरका उत्तरी गाविस र संखुवासभामा अत्यधिक फल्ने गरेको छ । भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार संखुवासभाको तुम्लिङ्टार र खाँदबारी नै हो ।खाँदबारीमा खरिद हुने रुद्राक्ष तराइका जिल्ला, काठमाडौं, भारतमा समेत निर्यात हुने गर्दछ । यस्तै हाल चीन, युरोप र अमेरिकालगायतका मुलकहरूमा समेत रुद्राक्ष निर्यात हुने गरेको छ । तीन वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र छ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसानहरू थप उत्साहित देखिन्छन् ।

    report this review
  • Anynomous
    14 August 2015

    महापुराणमा उठाएको पैसाले व्यक्तिगत नाममा बरुण हाईड्रोको सेयर किनेको खुलासा

    report this review
  • Anynomous
    26 July 2015

    बिमानबाट देखिएको यो दृश्य।।

    report this review
  • Anynomous
    09 July 2015

    संखुवा-सभा मत्स्यपोखरीका अनिस खालिङ भन्छन्- ‘विवादमा भएको झगडामा पाकिस्तानी नागरिक मर्छ भन्ने लागेको थिएन'

    २४ असार, काठमाडौं । यूएईमा मृत्युदण्डको सजायँ सुनाइएका अनिस खालिङ मृत्युलाई जितेर नेपाल आइपुगेका छन् । उनले अब बाँकी जीवन नेपालमै बसेर केही गर्ने र आफूजस्तै विदेशी जेलमा दुःख पाइरहेका नेपालीलाई सहयोग गर्ने योजना बनाएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेका संखुवासभा मत्स्यपोखरीका अनिसलाई पाकिस्तानी नागरिकको हत्या आरोपमा अवुधावी अदालतले ०६८ सालमा मृत्युदण्डको सजायँ सुनाएको थियो ।तर, जीवन रक्षाको अपील स्वीकार गर्दै ३ लाख ५ हजार दिनार ब्लड मनी तिरी कानूनी प्रक्रिया पूरा गरेर छुट्न सक्ने अदालतले बताएको थियो । त्यसपछि नेपालमा अनिष खालिङ बचाऊ अभियान नै चलाएर उनलाई छुटाउन देश विदेशबाट रकम संकलन भयो ।तर, कुनै अपरिचित व्यक्तिले ब्लड मनी ३ लाख ५ हजार तिरिदिएपछि खालिङ जेलमुक्त भएर बुधबार राति साढे ११ बजेतिर काठमाडौं आइपुगेका हुन् ।

    ‘छोरीलाई फोटोमा मात्रै देखेको थिएँ’ अनिषलाई लिन पत्नी रमिला राईसहितका आफन्त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । अनिसले भने- नेपाल र्फकन पाएकोमा म धेरै खुसी छु, नेपालीहरुले धेरै सहयोग गर्नुभयो । सबैलाई धन्यवाद दिन चाहन्छु ।’काठमाडौं आएपछि अनिसले पत्नी र छोरीसँग भेट गरेका छन् । उनले अनलाइनखबरसँग भने- ‘छोरीको फोटो मात्रै देखेको थिएँ, यहाँ आएर भेट्न पाएँ, अन्त्यन्त खुसी लागेको छ ।’

    पाकिस्तानी मर्छ जस्तो लागेको थिएन कुराकानीका क्रममा अनिसले पाकिस्तानी नागरिकसँग भएको घटना सम्झिए । उनका अनुसार सुरुमा दुईपटक उनीहरु दुबै मिलेर रासन पानी ल्याए । तर, भाषाको समस्या भएपछि अनिस गएनन् । उनले भने-‘रासन लिएर कोठामा आएपछि गाडीभित्र समान निकाल्दा उसले लक गरेर लग्यो ।’अनिसका अनुसार पाकिस्तानी नागरिकले उनलाई पहाडजस्तो ठाउँमा लगे, जहाँ उनका साथीहरुसमेत थिए । ‘मैले किन यस्तो गरेको भन्दा मलाई दुव्र्यवहार गर्‍यो’ उनले सुनाए- ‘विवादमा भएको झगडामा पाकिस्तानी नागरिक मर्छ भन्ने लागेको थिएन तर, अस्पतालले मर्‍यो भनेर रिपोर्ट दिएपछि २४ घन्टापछि प्रहरीले पक्राउ गरेको हो ।’जेलभित्रको कथाखालिङ २ वर्ष ९ महिना १८ दिन दुबईको जेल बसे । जेलमा झण्डै एक वर्ष बसेपछि उनले कारागारमा कार्यरत नेपाली सुरक्षा गार्डहरुमार्फत खबर गरेपछि नेपाली दूताबासका उमेश राई र कृष्ण भुसाल उनलाई भेट्न पुगेका थिए ।जेलमा बस्दा यातना नदिए पनि परिवार तथा आफन्तसँग सम्पर्क गर्न नपाएको खालिङले सुनाए । ‘फोन सम्पर्क हुन सकेन । साथीहरुसँग भेट भएन’ उनले भने । खालिङले अब नेपालमा बसेर केही गर्ने योजनाका साथ आफू नेपाल आएको बताए । अनलाइनखबरसँग कुरा गर्दै भने-अब नेपालमा केही गर्छु भनेर आएको छु । मजस्तै विदेशी जेलमा परेका अरु नेपालीहरुलाई सहयोग गर्न पाऊँ ।’

    report this review
  • Anynomous
    09 July 2015

    घाटामा जाने देखिएपछि::::: बुद्धको एटिआर ४२ बिमानले तुम्लिङ्गटारमा नियमित उडान नगर्ने

    बुद्ध एयरलाइन्सको एटिआर ४२ बिमानले संखुवा-सभाको तुम्लिङ्गटारमा नियमित उडान नगर्ने भएको छ।तुम्लिङ्गटार विमानस्थलको धावनमार्ग १ हजार ४ सयमिटर कालोपत्रे भएपछि पहिलो पटक गएको आश्विनको २५ गते ४७ सिट क्षमता भएको जहाजले तुम्लिङ्गटारमा परीक्षण उडान भरेको थियो।यस भन्दा अघि दशैं तिहारको मुखबाट नियमित उडान गर्ने भनिएता पनि उक्त बिमानमा प्रयोग हुने ब्याट्री तुम्लिङ्गटार बिमानस्थलमा हालः सम्म आइनपुग्नु र उक्त ब्याट्री आई बिमानले नियमित उडान भरे पनि फाइदाजनक नभई घाटामा जाने भए पछि एटिआर ४२ बिमानले संखुवा-सभाको तुम्लिङ्गटारमा नियमित उडान रद्द गरेको एक जानकार श्रोतको भनाई छ।संखुवा-सभाको तुम्लिङ्गटार भएर यात्रा गर्ने यात्रुहरुको चापलाई मध्यनजर गर्दै सफल परिक्षण उडान समेत गरेको उक्त बिमानले तुम्लिङ्गटारमा नियमित उडान गरेको भए "टिकटमा चाप पर्दैन थियो भने संखुवा-सभाका पर्यटकीय तथा धार्मिक स्थलहरु मकालु हिमाल आरोहण, अध्यन अवलोकन,अरुण उपत्यका पथमार्ग हुँदै सगरमाथा जाने पर्यटक, तिनजुरे मिल्के जलजले क्षेत्र, सभापोखरी, गुफापोखरी, सिद्धकाली मनकामना धार्मिक स्थलको अध्यन अवलोकनका लागि आउने पर्यटकमा बृद्धि आउँने थियो" संखुवा-सभाका एक ब्यवसायी बताउँछन्।नेपालकै पहाडी जिल्ला मध्ये तुम्लिङ्गटार विमानस्थलमा बुद्ध एयरको एटिआर ४२ बिमानको पहिलो उडान थियो।दशै तिहारको बेलामा तुम्लिङ्गटारको टिकटमा बर्षेनि समस्या आइरहन्छ।।

    report this review
  • Anynomous
    03 July 2015

    संखुवा-सभा जिल्ला स्थित खाँदबारी नगरपालिकाले दमकल ल्याएपछि बिहीबार परीक्षण गरिदै।

    report this review
  • Anynomous
    02 July 2015

    भित्रियो संखुवा-सभामा दमकल

    संखुवा-सभामा रहेको खाँदबारी नगरपालिकाले दमकल भित्राएको छ।गएका सालहरुमा भिषण आगलागी भई करोडौंको क्षति बेहोर्एको खाँदबारी बजारले अब भने केही राहतको अनुभुति गरेको छ।खाँदबारी नगरपालिका नेपाल लेखिएको रातो कलरको दमकल खाँदबारी प्रबेश गरेपछि स्थानीयहरुमा खुशीयाली छाएको छ।गएको महिना छिमेकी जिल्ला भोजपुरमा दमकल भित्रिए लगतै संखुवा-सभामा पनि दमकल भित्रिएको हो।

    report this review
  • Anynomous
    02 July 2015

    गएको असार-१५ को दिन संखुवा-सभा जिल्लको खाँदबारी सेकाहा र चैनपुर स्थित गरिएका केही रोपाइ महोत्सबका झलकहरु।।

    report this review
  • Anynomous
    21 June 2015

    संखुवा-सभाको खराङ्ग बजार।।

    report this review
  • Anynomous
    18 June 2015

    संखुवा-सभा जिल्लाको नुम स्थित अरुण तेश्रो निर्माण स्थल फ्याक्सिन्दामा गएको यी पहिरोका केही दृश्यहरु।।

    report this review
  • Anynomous
    16 June 2015

    संखुवासभा जिलामा रहेको चैनपुर नगरपालिकाको टुडिखेलमा निरमाणाधिन मन्दिर।।

    report this review
  • Anynomous
    16 June 2015

    कहाँको दृश्य होला यो याद छ ?

    report this review

Rate & Write Reviews