नेपालको पूर्वी पहाडी जिल्लाहरुमध्ये एक खोटाङ जिल्ला पनि हो । संघीय संरचना अनुसार प्रदेश नं. १ मा पर्ने यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालीका रहेका छन | पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्लाको सिमाना रहेको यस जिल्लाको क्षेत्रफल १,५९१ वर्ग किलोमिटर रहेको छ | समुद्र सतहबाट १५२ मिटर देखि ३,६२० मिटरसम्मको उचाईमा अवस्थित खोटाङ जिल्ला २६º५०ʺ देखि २७º २८ʺ उत्तर अक्षांस र ८६º २६ʺ देखि ८६º ५९ʺ पुर्व देशान्तरमा फैलिएको छ । वि.स. २०६८ को जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या २,२७,३०६ रहेको पाईन्छ ।
माझकिराँतको रूपमा परिचित खोटाङ यातायातको दृष्टिले ज्यादै दुर्गम र पूर्वाधार विकासको दृष्टिले पनि पछि परेको जिल्ला हो । तीनवटा विमानस्थल रहेको यस जिल्लालाई मध्यपहाडी लोकमार्गले शहरी सञ्जाललाई जोडेको छ | धार्मिक तथा पर्यटकीय स्थल हलेसी महादेवस्थान, बराहापोखरी लगायत ट्याम्केडाँडा, मैयू, मेरुङ्गडाँडा, रुपाकोटडाँडा, मझुवागढी जस्ता प्राकृतिक सुन्दरताले भरिएको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबजारमा रहेको छ ।
No reviews yet. Be the first to add a review.