नेपालभरी नै आदिबासी समुदायको पहिचान नामेट गरि गाउँ-ठाउँ, विद्यालय, बाटोघाटो सबैको नाम हिन्दुकरण गरेको अवस्थामा यहाँ स्थानिय आदिवासी समुदायको मान्यता र भाषा अनुसारको नामाकराण गरेकोमा अत्यन्तै खुशी लाग्यो ।
होल्यान्डको गैर सैकारी सङ्थाको आर्थिक सहयोगमा स्थापना भएको यस झ्याम्पला लोपखाङको नामाकरण गर्ने क्रममा म पनि संयोगवस त्यहा सहभागी हुने अवसर मिलेको थियो । भेलामा उपस्थित स्थानिय भद्रभलादमीहरुले के नाम राख्दा उचित होला भनी सुझाव राख्न अनुरोध गरेबमोजिम मैले झ्याम्पला लोपखाङ राख्दा उचित हुन्छ होला भनी सुझाव राखेको थिए, अन्ततः सोही नाम सर्वसम्मतिले चयन गरेको थियो । स्थानिय बौद्ध धर्मावलम्बी तामाङ समुदायको मान्यता अनुसार महाबोधिसत्व मन्जुश्री ज्ञानको स्रोत हुन । मन्जुश्रीलाई तामाङ लगायत हिमाली आदिवासी बौद्ध मार्गी समुदायले झ्याम्पला भन्दछन र तामाङ भाषामा विद्यालयलाई लोपखाङ भन्दछन ।
this school was founded by Holland's social welfare organization.